काठमाडौं । प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने पाइपलाइनको पहिलो चरणमा १६ वटा कम्पनी रहेका छन् ।
यी १६ वटा कम्पनीले कुल ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढी मूल्यको आईपीओ निष्कासनको माग गरेका छन् । यी मध्ये सबैभन्दा धेरै संख्या जलविद्युत कम्पनीको रहेको छ ।
यस्तै, ४ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यको आईपीओ समेत रिभ्यूको क्रममा रहेको छ । यसरी हेर्दा झण्डै साढे ४ अर्ब रुपैयाँ बराबरको आईपीओ स्वीकृतिको विभिन्न प्रक्रियामा रहेका छन् ।
धितोपत्र बोर्डको नेतृत्व लामो समयसम्म रिक्त रहँदा आईपीओ स्वीकृतिको काममा पनि बिलम्ब भएको थियो । तर, पछिल्लो समय विभिन्न कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएका छन् ।
स्वीकृतिको पर्खाईमा रहेका कम्पनीहरु :

प्रतिक्रिया