राष्ट्र बैंकले आज १८ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्ने, परिपक्व कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले १८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले २८ दिन अवधिको ५ अर्ब बराबरको र ९१ दिन अवधिको १३ अर्ब ६० करोडको गरी कूल १८ अर्ब ६० करोडको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो । 

९१ दिने ट्रेजरीमध्ये ५ अर्ब रुपैयाँ बराबरको नयाँ बिल निष्काशन गर्न लागेको हो भने ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ९१ दिन अवधि र ५ अर्ब रुपैयाँ बराबरको २८ दिनको ट्रेजरी बिलभ ने यसअघि जारी भैसकेको बिल नै नवीकरण गर्न लागेको हो ।

बैंकले आइतबार जारी गरेको सूचना अनुसार २८ दिने ट्रेजरी आगामी जेठ १० गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी साउन १० गते परिपक्व हुनेछ । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ । 

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबुल गर्नेलाई राष्ट्र बैंकले बैशाख १३ गते मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया