सबै सार्वजनिक स्थलमा फ्री वाईफाई, गाउँ गाउँमा इन्टरनेट : नेपाली कांग्रेस

३ बर्ष अगाडि

काठमाडौं, नेपाली कांग्रेसले गाँउ गाँउमा इन्टरनेट पुर्‍याउने प्रतिबद्धता लिएको छ । वैशाख ३० गते हुन गई रहेको स्थानीय तह चुनावका लागि ल्याएको घोषणापत्रमा कांग्रेसले गाँउ गाँउमा इन्टरनेट पुर्‍याउने प्रतिबद्धता जनाएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारीले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा सबै सार्वजनिक स्थलमा फ्री वाईफाई र गाउँमा इन्टरनेट सुविधा पुर्‍याउने उल्लेख छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा लेखिएको छ,हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिकस्थलमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने र सरकारी कार्यालयहरूमा प्रविधिको उच्च प्रयोग गराउने ।

३ बर्ष अगाडि

प्रतिक्रिया