काठमाडौं, रिभर फल्स पावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा ९ लाख ८५ हजार १३० कित्ताका लागि आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार ६ हजार ८ जना आवेदकले ९ करोड ८५ लाख १३ हजार बराबरको आवेदन परेको हो
कम्पनीले चैत २७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले स्थानीयमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका कुल ७ लाख कित्ता आईपीओ विक्री खुला गरेकोे हो ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया