महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई  इट एन्ड ड्रिङ्क रेस्टुरेन्टमा आकर्षक छुट

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेड र कमानेमा अवस्थित इट एन्ड ड्रिङ्क रेस्टुरेन्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

उक्त सम्झौतापश्चात महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेस्टुरेन्ट तथा बारका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ बैंकले विभिन्न शाखाबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

बैंकले प्रदेश नं. १ मा ५, प्रदेश नं. २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरमार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया