काभ्रे जिल्लामा ५ दलबीच गठबन्धन गर्ने सहमति

३ बर्ष अगाडि

काठमाडौं, काभ्रेपलान्चोक जिल्लामा ५ दलबीच गठबन्धन गर्ने सहमति कायम भएको छ । नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बानिँयाको संयोजकत्वमा बैंठक बसेको हो । तीन दलको सहमति पत्रमा नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, नेकपा(माओवादी केन्द्र) प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा( ऐकिकृत समाजवादी)का प्रदेश इन्चार्ज केदार प्रसाद नेउपानेले हस्ताक्षर गरेका छन् ।

गठबन्धनमा भएको सहमतिअनुसार नेपाली काँग्रेसलाई ४ नगरपालिका र ३ गाउँपालिका भागमा परेको छ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका रहेको छ । तेमाल, रोशी र  बेथान चोक गाउँपालिका काङ्ग्रेसलाई परेको हो । 

यसैगरी, नेकपा (माओवादी केन्द्र) लाई ४ गाँउपालिकाको नेतृत्व गर्ने सहमति भएको छ । महाभारत, खानीखोला,पोखरीचौरी र भुम्लु गाउँपालिका रहेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादी समाजवादीको भागमा धुलिखेल र मण्डनदेउपुर नगरपालिका परेको छ । 


May be an image of text

३ बर्ष अगाडि

प्रतिक्रिया