शहीद दिवसको अवसर पारेर दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा

७ बर्ष अगाडि

काठमाडौं – सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले नै सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको बताएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गरेको बताएको छ  । 

शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।

गृहमन्त्री थापाले सशस्त्रको सीमावर्ती जिल्लाका गणहरुको स्तरबृद्धि गर्दै बोर्डर वाउटपोस्टको संस्था बढाइने बताउनुभएको छ ।  त्यस्तै १७ जिल्लामा अस्थायी गल भएको त्यसलाई स्थायी गरिने बताउनु भएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया