काठमाडौं, रिलायन्स फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सर्वाधिक गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ३ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ५५.९१ प्रतिशत कम हो । गत वर्ष कम्पनीले सोही अवधीसम्ममा ८ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दाँ कम्पनीको खुद ब्याज आम्दानी ७३.६९ प्रतिशतले बढ्दा सञ्चालन नाफा ५५.९१ प्रतिशतले घटेको छ ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । रिर्जभ कोषमा २० करोड १३ लाख रुपैयाँ रहेको छ ।
चैतसम्म ६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको यसले ५ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ७ पैसा छ ।
प्रतिक्रिया