सकरात्मक उछाल आएको शेयर बजारमा यी कम्पनीको सर्वाधिक कारोबार, कुनको कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा उछाल आएको छ । कारोबारको अन्तिम समयसम्म नेप्सेमा ९५.४६ अंकको वृद्धि भई २४२०.९१ को बिन्दुमा पुगेको छ । 

सो अंक बराबरको वृद्धि हुदाँ नेपाल स्टक एक्सेन्चमा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर खरिदबिक्री भएको हो ।

साढे २ अर्ब बढीको कारोबार हुदाँ सानिमा बैंक प्रोमेटरले सर्वाधिक कारोबार छ । कम्पनीले एकैदिन २२ करोड बढीको शेयर कारोबार गरेको हो । 

यस्तै,शिवम् सिमेन्टले ११ करोड ७६ लाख, अरुण भ्यालीले ९ करोड १२ लाख,हिमालयन डेस्टीलेरीले ८ करोड ४१ लाख र नेपाल लाइफ इन्स्योरेन्सले ७ करोड ३४ लाख बढीको कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया