काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित मालपोत कार्यालय ताप्लेजुङका अधिकृत पक्राउ गरेको छ।
अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतलाई १ लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता श्याप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
महतले जग्गा दर्ता कायम गर्ने क्रममा घुस रकम मागेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारले जनाएको छ ।
घटनाबारे छानबिन भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया