काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा उछाल आएको छ ।
नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबार सुरु भएको साढे तीन घण्टा नबित्दै ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज बेस्ट फाइनान्स,श्री इन्भेष्टमेन्ट,जानकी फाइनान्स,कामना सेवा विकास बैंक,ग्रीन डेभलपमेन्ट बैंक,युनिभर्सल पावर,घलेम्दी हाइड्रोपावर,हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
प्रतिक्रिया