ऊर्जामन्त्री भेट्न भारतीय राजदूत सिंहदरबारमा

७ बर्ष अगाडि

काठमाडौं–भारतिय राजदूत मंजिवसिंह पुरीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । 
भेटमा भारयित राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिनुभएको थियो । 

मन्त्री पुनले भारतिय राजदूतलाई भारतबाट आयात भइरहेको पावर टे«डिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल ईच्छुक रहेकोे धारणा राख्नुभएको थियो ।  हाल नेपालले ४ सय मेगावाट बरावर भारतबाट विजुली आयात गरिरहेको छ ।  
उहाले वुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसंग आग्रह गर्नुभएको थियो ।  
भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रती भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियो । 
राजदूतसंगको भेटमा उर्जामन्त्री पुनले पंचेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया