काठमाडौं, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औँ वार्षिक साधारणसभा आज (आइतबार) सम्पन्न भएको छ।
पर्साको वीरगन्जस्थित दियालो लर्डस प्लाजामा सम्पन्न भएको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सभाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश सर्वसम्मतिबाट पारित भएको छ।
साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ चुक्तापुँजीबाट बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८१९ पुग्नेछ।
प्रतिक्रिया