एजेन्सी - बढ्दो गर्मी र कोइलाको भारी कमीका कारण भारतमा विद्युत संकट देखिएको छ ।
विद्युतको बढ्दो मागका कारण भारतका पन्जाब, उत्तर प्रदेश र आन्ध्र प्रदेशजस्ता केही राज्यमा विद्युती कटौती गरिएको छ । केही ठाउँमा दैनिक आठ घन्टासम्म लोडसेडिङ भइरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
भारतमा करिब ७० प्रतिशत विद्युत उत्पादन कोइलाबाट हुने गर्छ । तर, कोइलाको ओसारपसारका लागि रेलको उपलब्धता कम हुँदा र कोइलाको आयातमा आएको कमीका कारण आपूर्तिमा समस्या आएको हो । जसका कारण विद्युतको बढ्दो माग पूरा भइरहेको छैन ।
कोरोना महामारीका कम भएपछि वृद्धि भइरहेको आर्थिक क्रियाकलाप र बढ्दो गर्मीका कारण भारतमा विद्युतको माग अत्यधिक वृद्धि भएको छ ।
भारतीय मौसम विभागका अनुसार २० अप्रिलमा राजधानी नयाँदिल्लीको तापक्रम १०८.७ डिग्री फरेनहाइट ९४२.६ डिग्री सेल्सियल०रेकर्ड भएको छ । जुन बितेको ५ वर्षकै सबैभन्दा बढी तापक्रम हो ।
प्रतिक्रिया