काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।
बोर्डले आइतबार एक सूचना जारी गर्दै परीक्षाको समयतालिका परिवर्तन भएको जानकारी गराएको हो ।
अब परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने जनाएको छ । यसअघि बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो । कक्षा १२ का परीक्षा आगामी जेठ १६ गतेदेखि हुँदैछ ।

प्रतिक्रिया