७ करोडको आईपीओ निष्कासन गर्ने अनुमतिका लागि धितोपत्र बोर्ड पुग्यो बाराही हाइड्रोपावर पब्लिक

४ बर्ष अगाडि

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन दिएको हो । 

धितोपत्र बोर्डको अनुमति पछि उक्त कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गर्नेछ । यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ । 

बाराही हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया