४७ हजार बढी रकमसहित जुवा खेलिरहेका ७ जना पक्राउ

४ बर्ष अगाडि

 काठमाडौं महानगरपालिकामा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरस्थित होटलमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले होटल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । जुवा खालबाट ४७ हजार १ सय १० रूपैयाँ नगद बरामद गरिएको परिसर काठमाडौंले जनाएको छ । घटनाबारे प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया