शिखर इन्स्योरेन्सको ७७ हजार ७२२.८८ कित्ता हकप्रद शेयर बिक्रीमा आयो, कहाँबाट दिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नबिकेको ७७ हजार ७२२.८८ कित्ता हकप्रद शेयर सर्वसाधारण तर्फको बोलकबोल लिलामबाट बिक्री गर्ने भएको छ ।

कम्पनीले बैशाख १९ देखि २६ गतेसम्म उक्त सेयरका लागि बोलपत्र आह्वान गरेको छ । यसअघि कम्पनीले चैत १ देखि २१ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । 

उक्त अवधिमा संस्थापकतर्फ सबै सेयर बिक्री भएपनि नबिकेको हकप्रद सेयर सर्वसाधारण तर्फको हो । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जानेगरी बीमा समितिले तोकेको प्रतिव्यक्तिको सीमाभित्र रही माग गरिए बराबरको कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरुः पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगर कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरु, नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

बोलपत्र पेश गर्दा प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया