प्रुडेन्सियल इन्स्योरेन्सले आज लाभांश पारित गर्ने, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २०औं वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । 

सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ः ३० बजे गर्ने कम्पनीले जनाएको छ । सभाबाट कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते एक दिन बुक क्लोज गर्नेछ । यस आधारमा चैत २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया