काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभाले कम्पनीको पूँजी वृद्धि, प्रबन्धपत्र र नियमावली संशोधनको विशेष प्रस्ताव पारित गरेको छ ।
साथै कम्पनीले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना संचालकहरु समेत चयन गरेको छ। शुक्रबार, हायात प्लेस, ताहाचल, काठमाडौमा संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ।व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित भएको छ ।
उक्त साधारण सभाबाट संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरु क्रमशस् अनुज क्याल, सशांक अग्रवाल, किरण के.सी. र नारायण रुगटा निर्विरोध निर्वाचित भएका छन ।
आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षक सुशिल एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टस् सुशिल घिमिरे (एफ.सि.ए.) लाई नियुक्ति गर्ने प्रस्ताव पनि पारित भएको छ ।
प्रतिक्रिया