अपि पावरको हकप्रद सेयरमा ४६ लाख ७९ हजार बढि कित्ताका लागि आवेदन, कहिलेसम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले चैत्र २५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ ।

कम्पनीको हकप्रदमा शुक्रबार साँझ ५ बजेर ८ मिनेटसम्ममा ९० हजार ९ सय ६५ जनाले ४६ करोड ७९ लाख ४६ हजार ६ सय रूपैयाँ बराबरको ४६ लाख ७९ हजार ४ सय ६६ कित्ताका लागि आवेदन दिएका सीडिएसले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको हकप्रदमा वैशाख १५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया