पहिलो पटक जुनार खेतीको बीमा

४ बर्ष अगाडि

काठमाडौं - रामेछाप–रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो ।

परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरि किसानको बगैंचामा पुगेर बीमा लेख हस्तान्त्रण गरेको हो ।

बीमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । उनले जुनार बगैंचामा रोग लाग्न नदिन टोली बनाएर बिषादी छर्ने व्यवस्था भएको बताए ।

उनले नोक्सानी भएमा अधिकतम बीमा रकमको सिमामा रही बास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया