बहराइनको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । बहराइन सहरमा रहेको guardus security co.कम्पनीले सुरक्षा गार्डका लागि ९९ जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३८ हजार बढि पाउनेछ । इच्छुक कामदारले easy overseas प्रालीको कार्यालय बसुन्धारा काठमाडौंमा बैशाख १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया