कल बाइपास गर्ने उपकरणसहित भारतीय नागरिक पक्राउ

७ बर्ष अगाडि

राँझा – नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले जानकारी दिनुभयो । चटर्जीको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई थान सीम तथा भारतीय नंका सीमकार्ड नौ थान, एटिएम कार्ड, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया