भारतीय जीवन बीमाको भ्यालुएशनमा कमी, सेयर मूल्य आधाले घट्यो

४ बर्ष अगाडि

एजेन्सी - भारतीय जीवन बीमा निगमको भ्यालुएशनमा कमी आएपछि अपेक्षाकृत सेयर मूल्य करिब आधाले घटेको छ ।

प्रारम्भिक चरणमा भारत जीवन बीमा निगमको भ्यालुएसन १७० खर्ब भारु हुने आँकलन गरिएको थियो । तर मूल्याङ्कन पछि निगमको भ्यालुएसन ६० खर्ब भारु हुन जाँदा सोही अनुपातमा सार्वजनिक निष्कासन (आइपीओ) बाट उठ्ने सेयर मूल्य पनि घटेको हो ।

जीवन बीमा निगमको भ्यालुएसनमा कमी आएपछि ६ अर्ब डलर अपेक्षा गरिएको सेयर मूल्य ३.९ अर्ब डलरमा कायम भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया