२० बीमा कम्पनीले बुझाए क्यापिटल प्लान, बाँकीलाई आइतबारसम्ममा पेश गर्न निर्देशन

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिमा जम्मा २० वटा कम्पनीले मात्रै क्यापिटल प्लान बुझाएका छन् । 

समितिका अनुसार १० वटा जीवन र ११ वटा निर्जीवन बीमा  कम्पनीले पूँजी बृद्धि योजना पेश गरेका छन् । बाँकी १९ वटा कम्पनीलाई आइतबारसम्ममा योजना पेश गर्न निर्देशन दिइएको छ ।

समितिले गत चैत १० गते एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । सोहि अनुसार कम्पनीले बैशाख १० गतेसम्म योजना पेश गर्नेु पर्ने थियो तर आज शनिबार परेकाले आइतबारसम्म समय दिइएको हो । 

२०७९ चैत मसान्त भित्रमा जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ पुर्याउने पर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया