आज शनिबार पनि आरटिजीएस  प्रणाली सुचारू हुने

४ बर्ष अगाडि

काठमाडौं - रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली आज (शनिबार) पनि सुचारू हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारू हुने जानकारी दिएको हो । 

राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली आज बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । 

विकास ऋणपत्र २०८६ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली सूचारू गरिने भएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया