काठमाडौं, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार संस्थाले समीक्षा अवधिमा रु. ४७ करोड ८४ लाख खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो।
तेस्रो त्रैमाससम्ममा कुल लघुकर्जा रकम रु. २२ अर्ब ९९ करोड ७१ लाख पुर्याउन सफल भएको छ।
तेस्रो त्रैमास अवधिमा संस्थाको स्वपुँजीमा प्रतिफल (आरओई) वार्षिक २१.०४ प्रतिशत रहेको छ भने वार्षिक रु.३६.९१ प्रतिशेयर आम्दानी आर्जन गर्न सफल रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७० प्रतिशतले बढी हो।
यो त्रैमाससम्ममा संस्थाले बचत परिचालनतर्फ रु. ३ अर्ब ३३ करोड ८२ लाख पुर्याउन सफल भएको छ। यस विषम परिस्थितिमा समेत संस्थाले लघुकर्जा असुलीमा प्रभावकारी रुपमा आाफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्किय कर्जालाई १.४६ प्रतिशतमा सीमित राख्न सफल भएको छ।
खुद ब्याज आम्दानी १९.०१ प्रतिशत र सञ्चालन मुनाफा २१.६७ प्रतिशतले बढेको छ। त्यसैगरी जगेडा कोष ६४.९३ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट सापटी २७.०२ प्रतिशतले बढेको छ।
यस त्रैमासको अन्त्यसम्ममा वित्तीय संस्थाले कुल १ लाख ८९ हजार ५९९ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ।
प्रतिक्रिया