काठमाडौं, सिभिल क्यापिटल मार्केट लिमिटेडले ग्राहकको सेवासुविधाका लागि २०७९ आसाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिस्ट्रेसन, पहिलो वर्षको नवीकरण शुल्कमा लाग्ने रु. १५० निःशुल्क गरेको छ।
मेरो सेयर खाता खोल्दा लाग्ने शुल्क रु. ५० भने कम्पनीले लिने कम्पनीले जनाएको हो ।
यसैगरी, पीएमएसरकर्पोरेट एड्भाइजर सेवामा मिति २०७९ असार मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ।
विगत १३ वर्षदेखि सेवारत संस्थालेआईपीओ, निक्षेप सदस्य डीपी, लगानी व्यवस्थापको कार्य (पीएमएस), सेयर प्रत्याभूति (अन्डराइटिङ) र संस्थागत परामर्श सेवालगायत पुँजीबजारसम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ। हालसम्म ३० वटा आईपीओ, ३५ वटा आरटीएस, ३२ वटा हकप्रद र २० वटा सेयर लिलामीका लागि विभिन्न कम्पनीहरुसँग सहकार्य गरिसकेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया