दुई दिनमा नेटफ्लिक्सको भ्यालु ६१ खर्ब २३ अर्ब भन्दा बढीले घट्यो

३ बर्ष अगाडि

काठमाडौं - नेटफ्लिक्सले १० वर्षमा पहिलो पटक ठुलो संख्यामा सब्सक्राइबर गुमाएको छ । 

कम्पनीले केही दिनअघि मात्रै सन् २०२२ को पहिलो चौमासिक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन अनुसार कम्पनीका सब्सक्राइबार करिब तीन लाखले घटेका छन् ।

यसरी सब्सक्राइबार गुमेको प्रतिवेदन सार्वजनिक भएसँगै कम्पनीका शेयर मूल्य निरन्तर रुपमा ओरालो लागिरहेको छ । 

जसको प्रतिफल दुई दिनको अवधिमा कम्पनीको भ्यालु ५० बिलियन डलर अर्थात ६१ खर्ब २३ अर्ब भन्दा बढीले घटेको छ । शेयर मूल्य घट्ने क्रम अझै रोकिएको छैन् ।

यसरी एकै पटक ठुलो मात्रामा शेयर मूल्य घट्दा विज्ञले नेटफ्लिक्सलाई पूनः पुरानै अवस्थामा फर्किन चुनौती हुने बताएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया