काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज( शुक्रबार) उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।
कम्पनीको ३० प्रतिशत बोनस बापतको ५ लाख २८ हजार ५ सय ९ दशमलव ११९१ कित्ता शेयर नेव्सेमा सूचिकृत भएको हो ।
संस्थाको पौष २८ गते, बुधबार, होटल मौर्या, रूपन्देहीमा सम्पन्न भएको सातौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनी हालै मर्जर प्रक्रियामा गएकाले कम्पनीले वितरण गर्ने बोनस शेयरमा कर लाग्दैन ।
संस्थाले बोनस शेयर वितरण पश्चात् सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन पनि गर्दैछ ।
प्रतिक्रिया