उपकार लघुवित्तको लक्की नम्बर कति ?

४ बर्ष अगाडि

काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ । उक्त आईपीओ बाँडफाँडको लक्की नम्बर ८ र ६ रहेको छ ।  

गोलाप्रथामार्फत कुल २२ हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । 

कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रीतपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ लिमिटेडको कार्यालय, हात्तिसार, काठमाडौँमा शुक्रबार  बिहान ८ बजे सम्पन्न भएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया