काठमाडौं - चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पूँजी ३ खर्ब ६२ अर्ब ९३ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
वि.सं. २०७७ चैतमा ३ खर्ब १९ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ रहेकोमा पछिल्लो एक वर्षमा ४३ अर्ब ५८ करोड रुपैयाँले बढेको हो । प्रतिशतका आधारमा यो वृद्धि औषतमा १३.६५ प्रतिशत रहेको छ ।
यस्तै चालु आवको चैत मसान्तसम्म जगेडा कोषमा कुल २ खर्ब ३२ अर्ब ७८ करोड ५० लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।
वि सं. २०७७ चैतमा २ खर्ब २१ अर्ब ३८ करोड ९ लाख रहेकोमा समीक्षा अवधिमा ५.१५ प्रतिशतले बैंकहरुको जगेडा कोषको आकार बढेको हो ।
प्रतिक्रिया