आईपीओ निष्कासन र अधिकृत पुँजी ५ अर्ब पुर्‍याउने विशेष प्रस्ताव पारित गर्न महालक्ष्मी लाइफले बोलायो साधारण सभा

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभा यही वैशाख २५ गते काठमाडौंको कमलपोखरीस्थित होटेल हुकुम दरबारमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले कम्पनीको पुँजी वृद्धि गरी अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र जारी पुँजी ३ अर्ब रुपैयाँ पुर्‍याउने विशेष प्रस्ताव पारित गर्नेछ । 

पुँजी वृद्धिपछि सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम संशोधन गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझावबमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्तावित पनि अनुमोदन गर्नेछ।

सोही सभाले पुँजी भएबमोजिम सर्वसाधारणलाई छुट्याइएको सेयर सार्वजनिक निष्कासन ९आईपीओ० गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया