काठमाडौँ । चैत ११ गते विराटनगरमा अर्थमन्त्री डा युवराज खतिवडाले शेयर बजारबारे तिखो टिप्प्णी गरे । उनले शेयर बजारप्रति सकारात्मक संकेत देखिने गरी मन्तव्य दिएनन् । उनले बजार घट्नै नहुने भन्ने केहि कारण नभएको समेत बताए । यतिमात्र नभई उनले कुरै नबुझी लहडमा शेयरमा लगानी नगर्न समेत आग्रह गरे ।
केही समय पहिले उनले बिबिसी नेपाली सेवासँग यो पनि भनेका थिए कि शेयर बजार अनुत्पादक क्षेत्र हो । यसमा होइन अरु क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ ।
अर्थमन्त्रीको शेयर बजारप्रतिको नकारात्मक टिप्पणीका कारण बजार निरन्तर ओरालो लागेको छ । पछिल्लो एक महिनामा मात्रै बजार डेढ सय अंकभन्दा तल आइपुगेको छ ।
अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर लगानीकर्ता संघ, इन्भेस्र्टस फोरमलगायतका निकायले सार्वजनिक रुपमा नै आपत्ति जनाएका छन् र आन्दोलन गर्ने धम्की समेत दिएका छन् ।
उनीहरुले अर्थमन्त्रीको मुखमा लगाम लगाउनुपर्ने अवस्था आएको भन्दै तत्काल शेयर बजारलाई सकारात्मक प्रभाव पार्ने अभिव्यक्ति आउनुपर्नेमा समेत जोड दिएका छन् ।
मंगलबार प्रकासित धेरैजसो दैनिक पत्रिकाले पनि शेयर बजारमा गएको पहिरोलाई प्रमुख प्राथमिकता दिएर समाचार छापेका छन् ।
इन्भेस्टर्सस फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले त बजार घटाउने प्रमुख नाइकेको रुपमा अर्थमन्त्री नै देखिएको भन्दै कडा आपत्ति जनाएका छन् ।
विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पूँजीबजार र त्यसले आमलगानीकर्ताहरुमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असरप्रति फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
फोरमले सोमबार पत्रकार स्म्मेलन नै आयोजना गरेर बजार सुधार गर्न सरकारले अझै ढिलाई गरे आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।
फोरमका अध्यक्ष अम्बिका पौडेलले सरकारी व्यक्तिहरुले सेयर बजारमा नकारात्मक असर पर्नेगरी अभिव्यक्ति दिन नहुने बताउँदै संरक्षकको भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।
आठ खर्ब ३६ अर्ब गुम्यो
फोरमकाअनुसार लगातार घट्दै आएको बजारमा पछिल्लो तीन महिनामा मात्रै रु आठ खर्ब ३६ अर्ब बराबरको नोक्सानी भएको छ ।
नेपालको पूँजीबजारको इतिहासमा सबैभन्दा बढि पूँजीकृत रकम ८ खर्ब ३६ अर्ब रुपैयाँ गुमाउदा सरकार र यसका अन्य निकायहरु मौन रहनुले थप समसया खडा गरेको उनीहरुको भनाइ छ । त्यसबाट १५ लाखभन्दा बढि लगानीकता मारमा मात्रै परेका छैनन् मर्माहत समेत भएको फोरमले जनाएको छ ।
यस्ता छन् फोरमका माग
सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा फोरमले विभिन्न १९ माग राखेका छन् ।
–सम्झौता गरिएको अवधी भित्रै पूर्ण अनलाइन कारोबार प्रणाली लागु गर्ने ।
– ब्रोकर लाईसेन्स दिई कारोबार गर्ने सूविधा विस्तार गर्ने ।
– गैरआवशीय नेपालीहरुलाई पूँजीबजारमा प्रवेश गराउनका लागि आवश्यक कानूनहरुको निर्माण गर्ने ।
– धितोपत्र बोर्ड, नेप्से,सिडिएससि लगायतका निकायको क्षमता अभिवृद्धि गरी पूर्वाधार तथा प्रविधिमैत्री बनाउने ।
– नेप्सेको संरचनागत सूधार र नयाँ स्टक एक्सचेन्ज स्थापनाको लागि तत्काल कार्य अगाडी बढाउने ।
– ब्रोकर सेवाशुल्क तथा ब्रोकरको प्रवेश र वर्हिगमनलाई अन्तराष्ट्रिय स्तरमा प्रचलित मान्यता अनूरुप बनाउने ।
– शेयर कर्जामा लगाईएको पूँजीगतजोखीमको भार १०० प्रतिशतमा झार्ने ।
–शेयर धितोकर्जामा कर्जाको सिमा बजार मूल्यको ७० प्रतिशत पुर्याउने ।
–ब्रोकर मार्फत शेयरधितो कर्जा उपलब्ध गराउने कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउने ।
– सेटलमेन्ट ग्यारेन्टी फन्डसँग सम्बन्धित ऐन नियमतत्काल निर्माण गरि कार्यान्वयन गर्ने ।
–मार्केट मेकर र धितोपत्र ब्यापारीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश गर्ने वातावरण बनाउने ।
–सर्ट सेलिङ्ग, अन्तर दिनकारोबारको व्यवस्था गरी चाँडो भन्दा चाँडो लागू गर्ने व्यवस्था मिलाउने ।
–हाल कायमरहेको ३ दिनको राफसाफलाई १ दिन वा कारोबार सकिएको २४ घण्टाभित्र हुने व्यवस्था मिलाउने ।
–सम्पन्नभएको ७दिन र हकप्रद शेयर बाँडफाँडको भएको ७दिनभित्र सूचिकृत गर्ने ब्यवस्था गर्ने ।
– हकप्रद र बोनस शेयरहरु प्रदानगर्ने कम्पनीहरुको धितोमा ऋण लिएका ऋणीहरुको हकमा सो शेयर सुचिकरण नगरिने समयसम्मको लागिबुकक्लोज हुने दिनको मुल्यलाई नै आधार मुल्य मान्ने ब्यबस्था गर्ने ।
– डेबेञ्चर तथाबोण्ड मार्केटलाई ब्यबस्थीततथा तरल बनाउने ।
–फाईनान्सीयल डेरिभेटिभको कारोबार संचालनमाल्याउने ।
–नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डले लगानीकर्ताबाट प्राप्त कमिशनको १५ प्रतिशत रकमलगानीकर्ता सचेतना कार्यक्रममा खर्च गर्नु पर्ने ।
–वास्तविक क्षेत्रकाकम्पनीहरुको नियमनको लागि छुट्टै नियमनकारी निकायको ब्यबस्था गर्ने ।
आर्थिक समृद्धिको अभियानलाई मुर्तरुप दिनआवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरु तथा निकायहरु अझ बढी गम्भिर हुनुपर्ने फोरमको भनाइ छ । आफूहरुले राखेको माग माग ७ दिन भित्रमा सम्बोधन गर्न फोरमले माग गरेको छ ।
सोमबार धितोपत्र बजार करिब ५२ अंकले ओरालो लाग्यो । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो ।
बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने सोमबार रु ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ ।
कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएको थियो । कूल ५२ बिन्दुले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून बिन्दु हो ।
यस्तो छ छोटेलाल रौनियारको आपत्ति
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारको तर्फबाट बजारको बारेमा सकारात्मक पहल आवश्यक भएको बताए ।
धितोपत्र बजारमा आएको कमीका बारेमा जानकारी दिँदै उनले शेयर बजारका लगानीकर्ता ठूलो मारमा परेको भन्दै सरकारको तर्फबाट सकारात्मक पहल जरुरी रहेको बताए ।
जिम्मेवार निकायमा रहेका व्यक्तिले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै उनले अनावश्यक हल्ला र बजार प्रभावित पार्ने काम कोही कसैले पनि गर्न नहुने स्पष्ट पारे ।
रौनियारले अनलाइन कारोबार, वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लाबाट कारोबार गर्न पाउने व्यवस्था गरिए कारोबार बढ्ने र लगानीकर्तामा समेत विश्वास पैदा हुने सुझाव दिए ।
प्रतिक्रिया