अब नेपाली उपभोक्ताले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टि पाउने

३ बर्ष अगाडि

काठमाडौं - अब नेपाली उपभोक्ताले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टि पाउने भएका छन् । 

नोकिया फोनहरुको उत्पादक एचएमडी ग्लोबलले किनेको १ वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो । टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफूसँग राख्न चाहन्छन् । 

उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो । 

यो क्याम्पेनअन्तर्गत उपभोक्ताले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोनसँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१० र १२५ मोडलमा लागू हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया