‘मिस नेपाल’ को रजिस्ट्रेसन र भोटिङ खल्तीबाटै गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं -  ‘मिस नेपाल’ को रजिस्ट्रेसन खुलेको छ । सोको रजिस्ट्रेसन र भोटिङका लागि नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ सँग साझेदारी भएको छ । यसपालिको मिस नेपालमा सहभागी हुन इच्छुक सबैले खल्तीमार्फत रजिस्टर गर्न सक्नेछन् । 

यसका साथै प्रयोगकर्ताले खल्तीमार्फत आफूलाई मनपर्ने मिस नेपाल प्रतियोगीलाई ‘खल्ती’मार्फत भोट पनि गर्न सक्नेछन् । मिस नेपाल नेपालको सबैभन्दा ठूलो र मान्यता प्राप्त वार्षिक प्रतियोगिता हो। सुरुआतदेखि नै यो प्रतियोगिता निकैको लागि सशक्तीकरण र प्रेरणाको स्रोत भएको छ । 

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘नेपालको एक गरिमामय प्रतियोगिताका रुपमा आफूलाई स्थापना गर्न सफल भएको ‘मिस नेपाल’ सौन्दर्य प्रतियोगितामा हामी रजिस्टर तथा भोटिङ पार्टनरका रुपमा सहकार्य गर्न पाउँदा निकै खुसी छौँ । सधैँझैँ यस प्रतियोगितामार्फत सौन्दर्य साथै बौद्धिक क्षमता भएका हाम्रा देशका प्रतिभावान नारीहरुले आफूलाई प्रस्तुत गर्ने अवसर यस मञ्चले प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’

यस भोटिङ सुविधाका साथ–साथै खल्तीले निःशुल्क बैंक ट्रान्सफर, लेखस्टारअन्तर्गत रु। ५० हजार जित्ने र ‘फ्लाइट चढी लखपति’ जस्ता विभिन्न अफर सञ्चालन भइरहेको छ ।

भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ । नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया