दुई दिनमै वाणिज्य बैंकहरुबाट १२ अर्ब निक्षेप बाहिरियो, कर्जा २ अर्बले गिरावट

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको वैशाख मिहनाको पहिलो दुई दिनमै वाणिज्य बैंकहरुबाट १२ अर्ब निक्षेप बाहिरिएको छ भने यस अवधिमा बैंकहरुको कर्जा समेत २ अर्बले गिरावट आएको छ ।

वैशाख १ र २ गते गरी दुई दिनमा वाणिज्य बैंकहरुबाट १२ अर्ब निक्षेप बाहिरिएको हो । यस अवधिमा बैंकहरुको कुल कर्जा प्रवाह २ अर्बले घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको वैशाख २ गतेसम्म बैंकहरुले ४३ खर्ब ७७ अर्ब निक्षेप संकलन गरेर ४१ खर्ब ९५ अर्ब कर्जा विस्तार गरेका छन । गत चैत्र मसान्तसम्ममा बैंकहरुले ४३ खर्ब ८९ अर्ब निक्षेप उठाएर ४१ खर्ब ९७ अर्ब कर्जा विस्तार गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया