लेखापरिक्षक नियुक्ती र पारिश्रामिक निर्धारण गर्ने प्रस्ताव पारित गर्न सन नेपाल लाइफ इन्स्योरेन्सले आज साधारण सभा गर्दै

४ बर्ष अगाडि

काठमाडौं - आज सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदैछ । कम्पनीले आज चौथो वार्षिक साधारण सभा गर्ने भएको हो । 

कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण वार्षिक प्रतिवेदन, हिसाब नगद प्रवाह, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षक सुशिल एण्ड एशोसिएटस् चार्टर्ड एकाउन्टेन्स सुशिल घिमिरेको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने, कम्पनीको पूँजी वृद्धि गर्ने प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया