काठमाडौं - नेपाल राष्ट्र बैंकमा रिक्त रहेका दुई सञ्चालकमा नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र)का बीच एक/एक जना नियुक्ति गर्ने सहमति भएको छ ।
सत्ताधारी गठबन्धनमा सहभागी दलमध्ये नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच रिक्त दुई जना सञ्चालकमध्ये एक/एक जना नियुक्ति गर्ने सहमति भएको हो ।
यसअघि राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका दुई जनामध्ये पनि एक/एक जना नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) निकट रहेका थिए ।
सत्ताधारी गठबन्धनमा सहभागी दलहरूबीच आसन्न स्थानीय तहको निर्वाचनका निम्ति महानगर पालिकामा यसभन्दा अघि जुन जुन जितेका थिए, तिनीहरुलाई प्रमुख पदमा उठाउने सहमति गरिएजस्तै राष्ट्र बैंक सञ्चालक समितिमा पनि एक/एक जनालाई उठाएर भागबन्डामा सहमति गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया