काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले चैत्र २५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ ।
कम्पनीको हकप्रदमा आज (बिहीबार) साँझ ५ बजेसम्ममा ८९ हजार ४ सय ३९ जनाले ४४ करोड ५४ लाख ५० हजार ९ सय रूपैयाँ बराबरको ४४ लाख ५४ हजार ५ सय ९ कित्ताका लागि आवेदन दिएका सीडिएसले जनाएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि चैत्र १४ गते, सोमबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, चैत्र १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया