सीटीईभीटी टिकाउने स्वार्थ

७ बर्ष अगाडि

काठमाडौँ - अनशनरत डा. गोविन्द केसीसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयकमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई टिकाइराख्ने प्रावधान राखिएको छ । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको सिफारिसलाई समेत उल्लंघन गरेर सीटीईभीटीलाई कायमै राख्ने प्रावधान विधेयकमा समावेश गरिएको हो ।

सरकार र केसीबीच गत साउन १० गते भएको सम्झौतामा ‘सीटीईभीटीअन्तर्गतका प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्यसम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम अबउप्रान्त सञ्चालन नगर्ने, चालु रहेका कार्यक्रम पनि यो ऐन लागू भएको मितिले पाँच वर्षभित्र क्रमश: फेजआउट गर्दै जाने’ उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया