रिभर फल्स पावरको आईपिओमा ३ लाख ४ हजार बढि कित्ताका लागि आवेदन, कहिलेसम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत्र २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ ।

कम्पनीको आईपीओमा आज साँझ ५ बजेसम्ममा २ हजार २ सय ५ जनाले ३ करोड ४ लाख ९९ हजार रूपैयाँ बराबरको ३ लाख ४ हजार ९ सय ९० कित्ताका लागि आवेदन दिएका सीडिएसले जनाएको छ ।

कम्पनीको जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिएको हो । 

साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण ९सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत० मा निष्कासन गरिनेछ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा वैशाख ११ गते र ढिलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया