एजेन्सी - केही समयदेखि ओरालो लागेको क्रिप्टोकरेन्सी बजारमा पछिल्लो २४ घन्टामा एकाएक उछाल आएको छ ।
विगत २४ घन्टामा बिटक्वाइनलगायतका लगभग सबै क्रिप्टोकरेन्सीको भाउ बढेको छ । जसका कारण क्रिप्टोकरेन्सी बजारको विश्वव्यापी बजार मूल्य १.६३ प्रतिशतले बढेर १.९२ ट्रिलियन डलर पुगेको छ ।
क्वाइन मार्केट क्यापको तथ्यांकअनुसार बिटक्वाइन पछिल्लो २४ घन्टामा १.४८ प्रतिशतले बढेर ४१३३६ डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै इथेरियम १.१२ प्रतिशतको बढोत्तरीका साथ ३०८५ डलर पुगेको छ। बीएनबीमा पनि १.०१ प्रतिशत बढोत्तरी देखिएको छ । जब कि यूएसडीटी र यूएसडीसी जस्ता स्थिर क्वाइनहरुको भाउ यो अवधिमा ०.०१ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया