काठमाडौं - कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको mda trading कम्पनीले सेल्समेनका लागि एक जना पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ८३ हजार बढि पाउनेछ । इच्छुक कामदारले ट्रेन्डवे इन्टरनेशनल प्रालीको कार्यालय बानेश्वर काठमाडौंमा बैशाख १५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया