भन्सार एजेन्टको लिखित परीक्षा वैशाख १७ गते नहुने

३ बर्ष अगाडि

काठमाडौं - भन्सार एजेन्टको लिखित परीक्षा यही वैशाख १७ गते नहुने भएको छ । निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेको अवस्थामा तत्काल परीक्षा नगर्न भन्सार विभागलाई निर्देशन दिएको हो । 

यसअघि भन्सार विभागले भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने अनुमति माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगले वैशाख ७ गते निर्णय गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेको तत्काल परीक्षा सञ्चालन नगर्न भन्सार विभागलाई निर्देशन दिएको छ । 

यो परीक्षा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मात्र सञ्चालन गर्न पनि आयोगले पत्र पठाउँदै आग्रह गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया