काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकको वित्तीय विवरण अनुसार नाफा २० प्रतिशत बढीले बढोत्तरी भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५१ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.५० प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४२ करोड ३७ लाख नाफा आर्जन गरेको थियो । सञ्चालन आम्दानीमा गिरावट आएता पनि इम्पेरमेन्ट चार्ज रिभर्स हुदा बैंकको नाफामा बढोत्तरी भएको हो ।
बैंकको वितरण योग्य मुनाफा ३३ करोड ६२ लाख रुपैयाँ रहको छ । यस अवधिसम्ममा बैंकको जगेडा कोष २०.५१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १२.२१ प्रतिशत बढेकोे छ भने कर्जा २६.५७ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.५५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १३.८७ प्रतिशतले घटेको छ । सो अवधिसम्ममा बैंकको दुई करोड ५३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ ।
नाफा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी समेत वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर २० रुपैयाँ ७३ पैसा कायम भएको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २४पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.२२ गुणा रहेको छ ।
प्रतिक्रिया