साइप्रसमा नेपाली कामदारलाई रोजगारीको अवसर, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । medeon international placement agency ltd. कम्पनीले ८ जना पुरुष र १० जना महिला गरी जम्मा १८ जना कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ६० हजार बढि पाउनेछ । इच्छुक कामदारले इन्टरनेशनल ट्रेड लिङ्क नेपाल प्रालीको कार्यालय बसुन्धरा काठमाडौंमा बैशाख १५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया