महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । वैशाख ६ र ७ गते सम्पन्न तालिममा देशैभरिका कम्पनीका १५ जना क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता थियो । 

वैशाख ६ गते सञ्चालित कार्यक्रममा कम्पनीको वर्तमान व्यावसायिक स्थिति, पुँजीवृद्धि पछिको व्यावसायिक रणनीति र २०७८/७९ को व्यावसायिक लक्ष्य विषयमा छलफल भएको थियो। कार्यक्रममा १५ वटै प्रमुख र उपप्रमुखहरुले आ–आफ्नो क्षेत्रको व्यावसायिक अवस्था र २०७९ आसारसम्मको लक्ष्य विषयमा विस्तृत प्रतिवेदन पेस गरेका थिए । 

कार्यक्रममा सहभागिहरुको क्षमता अभिवृद्धिका लागि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा चिफ मार्केटिङ अधिकृत प्रशान्तराज धमलाले छुट्टा छुट्टै विषयमा प्रशिक्षण प्रदान गरेका थिए । 

वैशाख ७ गतेको कार्यक्रममा सहभागीलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । 

कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवरणको महत्वबारेमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रकाश पारेका थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई प्रशिक्षण दिएका थि ए। 

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया