स्थानीय तह निर्वाचन : ७२ घण्टा अगाडि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

३ बर्ष अगाडि

काठमाडौं - स्थानीय तह निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीबीचको संयुक्त बैठकले निर्णय गरेको छ ।

खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगज्जाको अतिक्रमण, दशगज्जाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागूऔषध र मदिरा ओसारपोसार नियन्त्रण लगायतका बिषयमा पनि छलफल भएको उनले बताए । 

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगज्जाको अतिक्रमण, दशगज्जाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रण लगायतका बिषयमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए । 

बैठकमा सिरहाका  प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेका थिए ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया